आइतबार, कार्तिक १६ गते २०८३
images
images

संवैधानिक इजलास बस्दै , प्रधानमन्त्री कार्यलयविरुद्ध ७ मुद्दा पेसीमा

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 396
    SHARES
  • संवैधानिक इजलास बस्दै , प्रधानमन्त्री कार्यलयविरुद्ध ७ मुद्दा पेसीमा

    भदौ ३० काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो । सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गर्छ ।

    images

    प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा सम्मिलित आजको इजलासमा १० वटा मुद्दा पेशीमा चढेको छ । जसमा ७ वटा त मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्धका उत्प्रेषण मुद्दा छन् ।  

    अधिवक्ताहरु महेशकुमार श्रेष्ठ, मणिराम निरौला, अच्युतप्रसाद खरेल, मञ्जु सुवेदी, ले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।त्यसैगरी प्रभुनारायण ठाकुर, नेपाल श्रमिक आपूर्तिकर्ता संघको तर्फबाट अध्यक्ष रामेश्‍वर साह, जिफोरएस सेक्यूरिटी सर्भिसेज नेपालबाट तर्कराज भट्‍टले प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दायर गरेका छन् । 

    images