शनिबार, भाद्र २७ गते २०८३
images

बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 

एक्सप्रेस पाना
आषाढ १, २०८० शुक्रबार
  • 298
    SHARES
  • बिलबिजक भन्दा बढीको सामानसहित तीन वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 
     
    मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । 
     
    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । 
     
    विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको छ ।  

     

    images