शनिबार, भाद्र २७ गते २०८३
images

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

एक्सप्रेस पाना
आषाढ २, २०८० शनिबार
  • 281
    SHARES
  • सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

    सवारी दुर्घटनामा स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको निधन भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ गए राति अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले बताए । 

    images

    चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो ।

    राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो ।

    images

    प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।