शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

एक्सप्रेस पाना
आषाढ ९, २०८० शनिबार
  • 540
    SHARES
  • आजको मौसम : कहाँ–कहाँ वर्षाको सम्भावना ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

    images

    शनिबार देशभर सामान्य बदली रहनेछ।

    देशभर केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images


    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ ।

    मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू-क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

    त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाको अनुरोध छ । 

  • सम्बन्धित विषय:

  • # मौसम