आइतबार, कार्तिक १६ गते २०८३
images
images

अखिल क्रान्तिकारी धनकुटा अध्यक्षमा लिम्बु

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 257
    SHARES
  • अखिल क्रान्तिकारी धनकुटा अध्यक्षमा लिम्बु

    भदौ ३१ धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धनकुटाको अध्यक्षमा सीताराम लिम्बु चयन भएका छन् ।

    images

    बुधबार राति  सकिएको आठौँ जिल्ला सम्मेलनले उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरू शिवा तथा कोषाध्यक्षमा शुभेक्षा लिम्बुलाई चयन गरेको हो । 

    पदम रखालमगर केन्द्रीय कमिटी तथा रोशन खड्का र सञ्जीव लिम्बुलाई प्रदेश कमिटीमा सिफारिस गरिएको अखिल क्रान्तिकारी प्रदेश १ सहसंयोजक इन्द्र विष्टले जानकारी दिए ।
     

    images