शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम :  अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

एक्सप्रेस पाना
आषाढ १५, २०८० शुक्रबार
  • 381
    SHARES
  • आजको मौसम :  अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

                                       अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    images


    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images


    आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 


    गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


    राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। 


    मधेस, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम