शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : कस्तो रहनेछ आजको मौसम ?

एक्सप्रेस पाना
आषाढ १७, २०८० आइतबार
  • 336
    SHARES
  • आजको मौसम : कस्तो रहनेछ आजको मौसम ?

                                          आज भारी वर्षाको सम्भावना, मधेसमा हावाहुरी चल्ने

    images


    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images


    आज दिउँसो  देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


    आज राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी  र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम