भदौ ३१ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौँ फर्किएपछि आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ गए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ । भेटमा संसद्को अवरोधलगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।
एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरेको दाबी गरिए पनि भेटबारे शीतलनिवास र बालकोटले केही पनि सार्वजनिक गर्न चाहेको छैन ।
.jpg)


