मेयर बालेन शाह विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ ।
मेयर शाहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशनहरू पूरा गर्नुपर्ने हुन्छ ।
वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो ।
यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।


