अर्जुन मोहन भट्टराई । अहिलेका शिक्षकमा संयमता छैन । मौका परे विद्यार्थिमाथी जाई लाग्ने प्रबृती छ ।
अर्जुन मोहन भट्टराई । “गुरुको आर्सिवादले सिष्य विना पुस्तक नै पण्डित बन्दछ” यो स्वामि बिबेकानन्दको भनाईबाट गुरु पुर्णिमाको महिमा बुझ्न सहज होला सायद ।
संस्कृत भाषाबाट आएको सव्द गुरुको अर्थ “गु” भन्नाले अन्धकार “रु” भन्नाले हटाउने बुझिन्छ तर आजको कलियुगका गुरुबाट साच्चै अन्धकार हटछ त ?
गुरुलाई दुई अर्थमा लिइन्छ । एक आध्यात्मिक, अर्को शैक्षिक हुन त दुबै गुरुबाट ज्ञान नै प्राप्त हुने हो निश्चितरुपमा यद्यपि आजको दुनियामा आध्यात्मिक गुरु भन्दा शैक्षिक गुरुको महत्व बढि छ ।
गुरु पुर्णिमा मनाउने शिष्यहरुले पनि शैक्षिक गुरुको नै सम्झना गर्दछन ।
गुरुमा मुलतः बुद्धिमान, दयाबान, आध्यात्मिक अनुभुती, आत्मसुद्ध, साहसी, निस्र्वाथी, सहानुभुती, प्रेरणदायी र दृढता हुनुपर्छ । तर, हामीकहाँ हामी शिक्षकहरुमा यि दश गुण मध्ये एक गुणको अत्यन्त कमि छ त्यो हो निस्वार्थ ।
समाज परिस्थितीले गर्दा शिक्षकमा अत्याधिक लोभ, लाभ, छुद्रता, दरिद्रीपनाको भावना बढेकोछ यसको कारण समाज नै हो ।
जवसम्म हामी मानीसलाई होईन पैसालाई इज्जत दिन्छौ नमस्कार गछौ यहि अवस्था रहन्छ ।
कसैकसैले गुरु पुर्णिमालाई परासर ऋषिको जन्म दिन संगपनि जोडेको भेटिन्छ ।
गुरु पुर्णिमा मुलुकभर मनाइन्छ । मुलत कलेज र स्कुलमा विविध कार्यक्रम पनि गरिन्छ ।
विद्यार्थिबाट शिक्षकले उपहार लिने शिक्षकले विद्यार्थिलाई टिका लगाउने पनि गरिन्छ शुरुवाती दिनमा यो चलन थिएन अहिले बढि फेसनको रुपमा आयो ।
जर्ज बनार्ड सले भने झै “म शिक्षक होईन म तिमि संगै हिड्ने सहयात्री मात्र हुँ । जोसंग तिमी बाटो सोध्छौ म बाटो देखाउदै तिमिसंग हिड्छु । यो भनाईले गुरु पुर्णिमाको महिमा बुझाँउछ । त्यो गुरु जसले साच्चै गुरु पुर्णिमाको महत्व बुझ्छ ।
कुनैबेला मैले एनजियोमा रहँदा एकजना बच्चाको बारेमा पिएचडीको सोधकार्य गर्न अमेरिकाबाट नेपाल आएकी एक नेपाली महिलालाई भेटे ।
जसको साथमा उता विश्वविद्यालयबाट उनि संगै प्रोफेसर पनि आएका थिए । ति महिलाले सोधकार्यका लागि खटिरहदा ति प्रध्यापक पनि संगसंगै थिए ।
शिक्षक वा गुरुको विद्यार्थि माथीको निगरानी, संरक्षण, अनुगमन, साथ, सहयोग, मार्ग निर्देशन सदासर्वदा आवश्यक हुन्छ ।
यसको अर्थ शिष्य विद्यार्थी सफल हुदाँ शिक्षक सफल हुने हो । हामी कहाँ त शिक्षक सफल भए करोडपति र अर्वपति पनि बने तर विद्यार्थी असफल बने । शिक्षा बिकाउ भयो यो अवस्थामा गुरु पुर्णिमा कसरी मनाइएला र ?
महात्मा गान्धीको बिचारमा “विद्यार्थिहरुका लागि बास्तवमा पाठ्यपुस्तक भनेकै शिक्षक हो” शिक्षकले शिक्षा दिन्छ जुन जिवनउपयोगी हुन्छ बाँच्न सहज बनाउँछ ।
पेशा व्यवसाय, उद्यम, इलमतर्फ जान सिष्यलाई बाटो मिल्छ । तर गुरु भन्नाले आध्यात्मिक ज्ञान दिने हुन्छ । शिक्षक किताबी ज्ञान दिने र गुरु आध्यात्मिक ध्यान दिने बुझ्न सकिन्छ ।
शिक्षकलाई माष्टर, इष्टक्टर र टिचर भनिन्छ । यहाँ आजको परिबेसमा न विद्यार्थी विद्यार्थी रहे, न शिक्षक शिक्षक नै । सबैले बाटो विराएको अवस्था छ जुन संबेदसिल छ ।
गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देबो महेश्वर, गुरु साक्षत परब्रम्हा, तस्मै श्री, गुरुवे नम भनेर भनिएकोछ जस्मा गुरुलाई उच्च स्थानमा राखेर, प्रसस्ती गरेर पुजन गरिएकोछ ।
तर आजको यस दुनियामा न गुरु गुरु रहे भए, न शिष्य नै समाज विकृतितर्फ जादैछ विद्यार्थिहरु र अभिभावकहरु हामीले पढेर, बच्चा स्कुलमा राखेर उपस्थित भएर फि तिरेर यिनिहरुले जागिर खाएकाछन भन्ने जस्तो सोच राख्छन ।
शिक्षक अर्थात गुरुहरु पनि पथभ्रष्ट र अनैतिक छन । त्याग विल्कुलै छैन । न सेवा भाव छ । छ भने केवल द्रव्यमोह छ । यतिसम्म मोह छ कि कक्षामा विद्यार्थिलाई पढाउदै गर्दा अझ राम्रो बुझन र सिक्न मन छ भने ट्युसनमा आउ भनि खुल्ला प्रचार गरिन्छ ।
खस्कदो शिक्षा क्षेत्रको मुख्य दोषी राजनिति हो भने त्यसको मतियार शिक्षक स्वय नै हुन । मर्यादित काम गरे मर्यादा पाइने हो ।
कुनै पनि पेशा आफै मर्यादित र अमर्यादित हुदैन । त्यसलाई मर्यादित र अमर्यादित बनाउने पेशाकर्मि स्वयमले नै हो ।
शिक्षकहरु चुकेका छन । अर्कोतर्फ शिक्षकलाई बेतन पनि बजार, भाउ बेसाहाको दाजोमा कम हो तर अभिभावक र विद्यार्थिमा तिर्न क्षमता हुनुपरयो ।
दैनिक जसो विद्यालयमा शिक्षकबाट बालिका, बालक प्रताडित भएको बलात्कृत भएको दुव्र्यवहारमा परेको र विश्वविद्यालयमा प्राध्यापक उपप्राध्यापकबाट यौन शोषण गरेको भएको समाचार दिनदिर्नै सुन्न पाइन्छ ।
यो किन भयो, कसरी भयो, कस्को कारणले भयो, हामी समिक्षा गर्दैनौ । केवल दोषीलाई सजाय दियौ पुग्यो । तर समाज कता गयो समाजका के गलत सुरुवात भयो । कस्का कारणले किन भयो केलाएर हेर्दैनौ ।
शिक्षक भन्नाले शिष्ट, क्षमा गर्न सक्ने, कर्मशिल हुनुपर्छ । उ कदापी कु–शिक्षक बन्न सक्दैन तर विद्यार्थि कु–विद्यार्थि बन्न सक्ला । विद्यार्थि भन्नाले विद्याको आर्जन गर्ने सिक्ने व्यक्ति भन्ने बुझिन्छ ।
आफु स्वयम २०५७ सालदेखि निरन्तर कहि न कहि कुनै न कुनै रुपमा शिक्षण पेशामा आवद्ध भएको आधारमा आफुले संगालेका तितामिठा अनुभव कक्षा कोठा, शिक्षक कक्ष, पुस्तकालयमा समय गुजार्दाका वखत हाशिल गरेका ज्ञान जानकारीको आधारमा सरसर्ति हेर्दा नेपालमा शिक्षक विविध प्रकारमा भेटियो जसमध्ये मेहनती, इमान्दार, अल्छि, कामचोर,अज्ञानी, विषयबस्तुको ज्ञानै नभएको, अहंकारी, बढुवा, अध्ययनशिल, पाखण्डी, आत्मप्र-शंसक, कुरौटे, कम बोल्ने, ममनशिल, सहयोगी, स्वार्थि, द्रव्य पिशाच छन ।
शिक्षक सेवा उर्तिण गरेर मात्र शिक्षक बन्न सकिन्न । उसमा शिक्षकका गुण हुनुपर्छ जसमा मृर्दभाषि, अध्ययनसिल, सहयोगी, कर्मशिल इमान्दार हुनुपर्छ ।
अहिलेका शिक्षकमा संयमता छैन । मौका परे विद्यार्थिमाथी जाई लाग्ने प्रबृती छ ।
कतिपय मानीसले शिक्षकलाई हेलमेट टिचर भन्ने गरेको सुनिन्छ । यो पनि केहि हदसम्म सहि नै हो । एउटा ठाउँबाट बृति नचलेपछि सयतिर धाउनुपर्छ तर शिक्षाको गुणस्तर कस्तो हुन्छ त्यो यक्ष प्रश्न हो सरकारलाई यो सब सोच्ने फुर्सद छैन।
हुन त हाम्रो समाजमा उपनयन गर्दा गायत्री मन्त्र दान गर्ने ब्राम्हणलाई पनि गुरु भनिन्छ । तर ज्ञान दिने गुरु, मन्त्रदान गर्ने गुरु र शैक्षिक ज्ञान दिने गुरुमा भिन्नता छ पक्कै पनि । तर यि तिन गुरुमध्ये कुन गुरुलाई गुरु पुर्णिमामा पुजन गर्ने कठिन छ जिवन कालखण्डमा हरेकक्षेत्रमा लागि पर्दा हरेक किसिमका मानीस भेटिन्छन ।
जिवन सिकाई र भोगाई हो । यो क्रममा हरेकपथमा सिकाउने मानीस भेटिन्छन र ति कुनै न कुनै प्रकारले गुरु नै हुन । यहाँ विद्यादान गर्ने गुरुको महिमा अपरम्पार छ ।
मन्त्रदान गर्ने यज्ञोपवित्र धारण गर्न गरिने उपनयनमा तागाधारीहरुलाई ब्राम्हणबाट मन्त्रदान गरिन्छ । त्यो मन्त्रदान पुरोहितबाट गराउने गरिन्छ कुनै अवस्थामा आफ्नै एकाघरका बाबु, दाई, ज्वाई, भान्जाबाट पनि गर्ने गरिन्छ । त्यसरी मन्त्रदान गर्ने पुरोहित या आफन्तलाई पनि गुरु भनि पुज्ने चलन छ ।
स्कुल कलेजका विद्यार्थिले टिचरलाई फटिचरको उपनाम दिइएको पनि सुनिन्छ तर आजको दिनमा न असल विद्यार्थि भेटिन्छ न त असल शिक्षक नै ।
मेरो जिवनमा म तिनजना गुरुलाई कहिल्यै बिर्सन्न । एकजनाले हाडुमा पानी तताएर मर हुन्नुहुन्थ्यो । दोश्रोले एक तह उर्तिण हुनु भनेको अर्को माथिल्लो तहमा भर्ना हुनका लागि योग्य हुनु होईन भन्नुहुन्थ्यो ।
तेश्रोले विद्यार्थि र ममा पाँच मिनेटको फरक मात्र हो भन्नुहुन्थ्यो । यस अर्थमा कि शिक्षकले सिकाएपछि तपाई पनि शिक्षक जस्तै जान्ने हुनुहुन्छ तसर्थ शिक्षक विद्यार्थिमा भिन्नता छैन ।
अर्को शिक्षक जो विद्यार्थीबाट निराश भएर उनिहरुले नपढेको देखेर धिक्कार छ तिमिहरुलाई भन्ने अर्थमा डाडुमा पानी तताएर मर भन्नुहुन्थ्यो । अर्को शिक्षक हुनुहुन्थ्यो विद्यार्थीलाई हतोत्साहि बनाउने तर उहाँमा गलत नियत कदापी थिएन । तर प्रस्तुती र तरिका त्यस्तै देखिन्थ्यो ।
पण्डित र गुरुमा पनि फरक छ । पण्डित कुनै क्षेत्रमा विधामा पारम्गंत भएको बुझिन्छ तर गुरु सिष्यलाई ज्ञान दिने अर्थमा लिइन्छ । हुन त नेताहरुले मेरा राजनितिका गुरु भनेर चिनाउने गरेको पाइन्छ ।
जस्ता गुरु उस्तै चेला, क्या पढाते हो लोग क्या पढते हो लोग भने झै हामी यो गुरु पुर्णिमाको पावन अवसरमा सिक्ने, सिकाउने, ज्ञान दिने, ज्ञान बाड्ने ज्ञान लिने कुरामा दत्तचित भएर लागौ । सबै क्षेत्रमा सबैको स्थानबाट कमजोरी भएकोछ ।
सबैले अहम फालेर स्विकार र आत्मालोचना गरौ । शिक्षक विद्यार्थिको सम्वन्ध नयाँ चिराबाट सोचौ ।


