भदौ ३१ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिवार)नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।
हिजो ९१ हजार २०० रुपैयाँमा कारेबार भएको सुनको मुल्य आज घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९० हजार रुपैयाँ कायम भएको हो ।
यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी लगातार चार दिनदेखि प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


