शनिबार, भाद्र २७ गते २०८३
images

कस्तो रहनेछ आजको मौसम ?

एक्सप्रेस पाना
आषाढ २०, २०८० बुधबार
  • 386
    SHARES
  • कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images


    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


    आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम