शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम :कतै भारी वर्षा, कतै हावाहुरीको सम्भावना

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 313
    SHARES
  • आजको मौसम :कतै भारी वर्षा, कतै हावाहुरीको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    जसको प्रभनवले हाल देशभर  सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।


    आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

     साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी  र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। 


    आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # मौसम