शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 764
    SHARES
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

    images

    बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

    परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

    images

    एसइईको नतिजा परीक्षार्थीले हेर्न १६०० मा डायल गरी प्राप्त निर्देशनानुसार नतिजा जान्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा–१० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको बेवसाइट www.see.gov.np  मा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

    यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.neemaacademy.com  लगायत वेबसाइटबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।