शनिबार, भाद्र २७ गते २०८३
images

बाराको कोल्हवीबाट करीव १ सय ६८ के.जी. गाँजा बरामद

एक्सप्रेस पाना
आषाढ २२, २०८० शुक्रबार
  • 251
    SHARES
  • बाराको कोल्हवीबाट करीव १ सय ६८ के.जी. गाँजा बरामद
    बारा जिल्लाको कोल्हवी नगरपालिका ५ स्थित सोनाभारबाट असार २१ गते करीव १ सय ६८ के.जी. गाँजा बरामद भएको छ ।
     
    विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक गरेर राखिएको गाँजा बरामद गरेको हो ।
     
    गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको छ । घर धनी जितेन्द्र चौधरी भने फरार रहेका छन् । 
     
    गाँजा बरामद.jpg
     
    मोवाइलको टेम्पर ग्लास बरामद 
     
    बारा जिल्लाको निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले करीब ८ लाख रुपैयाँ बराबरको मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको छ । 
     
    महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन) १६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो । 
     
    बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।