बुधबार, भाद्र २४ गते २०८३
images

इमर्जिङ कपको लागि नेपाली टोली घोषणा, ज्ञानेन्द्र र करणसहित चार खेलाडी बाहिर

एक्सप्रेस पाना
आषाढ २२, २०८० शुक्रबार
  • 341
    SHARES
  • इमर्जिङ कपको लागि नेपाली टोली घोषणा,  ज्ञानेन्द्र र करणसहित चार खेलाडी बाहिर

    चार मुख्य खेलाडीलाई बाहिर राख्दै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि टोली घोषणा गरेको छ। 

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि शुक्रबार टोलीको घोषणा गरेको हो।

    टोलीमा नियमित खेलाडी ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले परेका छैनन्। दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा लिग खेल्ने छन्।

    images

    उक्त लिग जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुने छ। दीपेन्द्रलाई ड्राफ्टमार्फत् मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेको हो। सन्दीप भने यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन्।

    यसपटक टोलीमा देव खनाल, मौषम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन्। यस्तै, चाइना म्यान सूर्य तामाङले भने पहिलोपटक टोलीमा स्थान बनाएका छन्।

    इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्ने छन्। नेपाल प्रिमियर कपको विजेता बनेको थियो।

    इमर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। अर्को समूहमा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्।

    नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ।

    No description available.

  • सम्बन्धित विषय:

  • # क्रिकेट