शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : कस्तो रहनेछ आजको मौसम ?

एक्सप्रेस पाना
आषाढ २३, २०८० शनिबार
  • 290
    SHARES
  • आजको मौसम : कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    images

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

    त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम