शनिबार, भाद्र २७ गते २०८३
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

एक्सप्रेस पाना
आषाढ २४, २०८० आइतबार
  • 255
    SHARES
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

    पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । ९ घण्टापछि आइतवार बिहानदेखि सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

    images

    चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । ३ एक्साभेटर र जेसीभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

    अहिले रोकिएका सवारीसाधन र यात्रुहरू गन्तव्यतर्फ लागेका ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

    images

    उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरेका छन् ।

    यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    यस सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।