आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 366
    SHARES
  • प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

    भदौ ३१ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ-आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए । 

    images

    कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ । 

    ‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्काे पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

    images

    तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनको भनाइ छ । परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ ।