आइतबार, कार्तिक १६ गते २०८३
images
images

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी 

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 350
    SHARES
  • भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी 

    भदौ ३१ धनगढी । नेकपा एकिकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए । 

    images

    ‘हिजो ओलीलाई देखाईदिन्छौं भन्दै नारा लगाइरहेका थिए,’ सोडारीले भने,‘आज खुट्टा कमाएर त्यही ओलीको टाङमुनि छिरेका छन्, यो सवै षडयन्त्र हो ।’ उनले एमाले विभाजनपछि भीम रावलको वास्तविकता बाहिर आएको बताए । संसद् विघटनका वेला हामीसँग आउँदा रावललाई सबैले शत्तिशाली भएको ठानेका थिए,’ उनले भने,‘त्यो सत्य हैन, एमाले विभाजनपछि रावलको शक्ति प्रष्ट देखिसकेकोछ ।’ 

    रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी पहिलो दल बनेको उनले बताए । ‘रावलले हामीसँग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने,‘तर उनका भक्त कोही थिएनन्, अहिले पनि नेकपा (एस) सुदूरपश्चिममा ठूलो दल बनेको छ ।’

    images

    उनले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कमजाेर बनेको बताए । ‘भट्टलाई भोट दिएर जिताउने कार्यकर्ता माओवादीमै छन्,’ उनले भने, ‘एमालेमा गएर भट्ट एक्लिएका छन्, यो क्षेत्रमा हामी चुनाव जित्नेछौं ।’

    सोडारीले रावललाई समाजवादी पार्टीमा आउन आग्रह गरे । समाजवादी पार्टीमा आए फेरि नेता मान्न आफूहरू तयार रहेको उनले बताए ।