शनिबार, भाद्र २७ गते २०८३
images

आजको मौसम : पाँच प्रदेशमा आज अति भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ २७, २०८० बुधबार
  • 437
    SHARES
  • आजको मौसम : पाँच प्रदेशमा आज अति भारी वर्षाको सम्भावना

    काठमाडौँ, । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ।

    images

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

     कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा- हुरीको पनि सम्भावना रहेको छ।

    राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 

  • सम्बन्धित विषय:

  • # मौसम