आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ

एक्सप्रेस पाना
आषाढ ३०, २०८० शनिबार
  • 321
    SHARES
  • मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ

    काठमाडौँ । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

    images

    मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

    प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको  थियो ।

    images

    गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

    मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।