आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से ७६ अङ्कले घटेर २८१२ अङ्क कायम

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 512
    SHARES
  • नेप्से ७६ अङ्कले घटेर २८१२ अङ्क कायम

    भदौ ३१ काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ७६ अङ्कले घटेर २८१२ अङ्क कायम भएको छ। दिनभर उतारचढाव हुँदा परिसूचक न्यूनतम् २७९५ सम्म झरेको थियो।

    images

    पौने २ बजेपछि बजार केही सम्हालिएको हो। बैंकहरूले निक्षेप तथा कर्जामा असोज १ देखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सेयर बजारमा ठूलो असर देखिएको हो। यस दिन कारोबार रकम भने केही बढेको छ। हिजो ५ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज ९ अर्ब ३ करोड पुगेको छ। यस दिन सबै समूहहरू घटेका छन्।

    बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अङ्कले घटे।

    images

    यस दिन २ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ कायम भएको छ।

    सोबाहेक अरू बढ्ने कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतमुनि नै रह्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ। श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ।

    आइसिएफसी फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। लिबर्टी इनर्जीको मूल्य ६.७ तथा चन्द्रागिरि हिल्सको मूल्य ६.५ प्रतिशतले घटेको छ। कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोडको सेयर किनबेच हुँदा रिडी हाइड्रोपावरको २८ करोडको किनबेच भयो। अपि पावरको २५ करोडको किनबेच भयो।