शनिबार, भाद्र २७ गते २०८३
images

१० हजार डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

एक्सप्रेस पाना
श्रावण २, २०८० मंगलबार
  • 262
    SHARES
  • १० हजार डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

    images

    विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँदेखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

    images

    पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।