शनिबार, भाद्र २७ गते २०८३
images

यस्तो छ आजको मौसम

एक्सप्रेस पाना
श्रावण ५, २०८० शुक्रबार
  • 259
    SHARES
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

    images

    जसको प्रभावले देशका पहाडी भू-भागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

    images

    आज राति भने देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका  एक-दुई स्थानमा मेघ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम