आइतबार, कार्तिक १६ गते २०८३
images
images

तत्काल कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 359
    SHARES
  • तत्काल कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल

    असोज १ काठमाडौं । नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् । 

    images

    माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो । तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ ।