शनिबार, भाद्र २७ गते २०८३
images

३० लाख रुपैयाँ भन्दा बढिको काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा

एक्सप्रेस पाना
श्रावण ८, २०८० सोमबार
  • 417
    SHARES
  • ३० लाख रुपैयाँ भन्दा बढिको काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा

    झापा जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि ईलाकाबाट साउन ५ गते राति सशस्त्र प्रहरीले ३० लाख ८३ हजार ८ सय ५० रुपैयाँ बराबरको सालको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    images

    विशेष सूचनाको आधारमा नम्बर २ गण झापाले मे १ त ७२०० र मे १ त ५३४५ नम्बरको काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्क्याटरमा राखेर अवैध रुपले लैजाँदै गरेको २ सय ९६.७७ क्यूफिट, १ सय ६ वटा काँचो गोलिया काठ नियन्त्रणमा लिइएको हो ।

    काठ ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीलाई देख्नासाथै ट्याक्टर र काठ छाडेर भागेका थिए । बरामद काठ र दुई वटै ट्याक्टर डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।

    images

    चोरीपैठारीको लत्ताकपडा बरामद : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी ईलाकाबाट साउन ७ गते सशस्त्र प्रहरीले करीव १ लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।