शनिबार, भाद्र २७ गते २०८३
images

पाथीभराको दर्शन आजदेखि खुल्ला

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 542
    SHARES
  • पाथीभराको दर्शन आजदेखि खुल्ला

    असोज १ काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुल्ला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुल्ला गरिएको हो ।

    images

    हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मौसम समेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यस समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।