आइतबार, भाद्र २८ गते २०८३
images

चरेशसहित व्यक्ति नियन्त्रणमा

एक्सप्रेस पाना
श्रावण ९, २०८० मंगलबार
  • 304
    SHARES
  • चरेशसहित व्यक्ति नियन्त्रणमा

    पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    सोही जिल्लाको कालिकामाई गाउँपालिका १ मुडुली बस्ने ४४ वर्षिय प्रेम पासवानलाई नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो । ना ३० प ४४४३ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका पासवानले शरिरको विभिन्न भागहरुमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित
    चरेश फेला पारेको हो ।

    नियन्त्रणमा लिईएका उनलाई बरामद चरेश तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

    बिलबिजक भन्दा बढि र फरक सामान बोकेको चारवटा ट्रक नियन्त्रणमा
    पर्सा जिल्लाको बीरगंज महानगरपालिका ८ घण्टाघर ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीव १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।

    images

    बिलविजक भन्दा बढि र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १३ गण पर्साले बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवयर र कम्प्युटरका पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।