आइतबार, कार्तिक १६ गते २०८३
images
images

मासिक ३ लाख भाडा तिर्ने गरी नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 572
    SHARES
  • मासिक ३ लाख भाडा तिर्ने गरी नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

    असोज १ काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को राजधानीको बानेश्वर–आलोकनगरमा मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् । 

    images

    नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पूरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्ने छ ।