सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७, मंसापुरमा एक युवकको शव फेला परेको छ ।
शुक्रबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका-१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर कंकालिनी-१० कै अजय मण्डललाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


