आइतबार, कार्तिक १६ गते २०८३
images
images

सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 475
    SHARES
  • सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

    असोज १ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् ।

    images

    बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् । 

    डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुनस्निर्वाचनको माग गर्दै आएको छ ।

    images