शनिबार, भाद्र २७ गते २०८३
images

पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार 

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 382
    SHARES
  • पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार 
                                पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार 
     
    कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्ग स्थित सेती नदिको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले साउन १४ गते सकुशल उद्वार गरेको छ ।
    सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षिय तेज बहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदिको बिच भागमा अड्किएका थिए ।
     
    सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको हो ।
     
    सेती नदिको बीच भागमा अड्किएकाको सकुशल उद्वार  (3).jpg
     
    यसैगरी सोही जिल्लाको पोखरा महानगरपालिका १८ स्थित साराङकोटमा पहिरोमा परी क्षती भएको दुई वटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।
    सोही ठाउँ बस्ने ४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी हमालको घरमा वर्षाको कारण पहिरो गई क्षती पुगेको थियो ।
     
    घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडाँ, फर्निचरका लगायतका सामान नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।