आइतबार, कार्तिक १६ गते २०८३
images
images

जुम्लाको काँचो स्याउ बजारमा, बिना सिफारिस बजारमा लैजान नपाइने

एक्सप्रेस पाना
श्रावण १८, २०८० बिहीबार
  • 408
    SHARES
  • जुम्लाको काँचो स्याउ बजारमा, बिना सिफारिस बजारमा लैजान नपाइने

    जुम्ला । जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । 

    images

    स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ । 

    व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए । जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो । 

    images

    स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको जिसस प्रमुख आर्चायको भनाइ छ । उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिस बिनै निर्यात गर्न नपाइने निर्णय भएको छ । 

    जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन् । तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ स्थानीय व्यापारीले खरिद गर्न लागेको स्याउ रोक्न लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।

    पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए । 

    काँचो स्याउलाई बजारमा जान नदिन सार्वजनिक सूचनासमेत जारी गरिने भएको छ । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । जिल्लामा अहिले करिब चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।