आइतबार, कार्तिक १६ गते २०८३
images
images

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 609
    SHARES
  • दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

    असोज १ तेह्रथुम । पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित  अलैँची भित्र्याउने चटारो सुरु भएको छ ।  नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ । 

    images

    केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य अहिले खस्किए पनि किसानहरूमा भने निराश छाएको छैन । तेह्रथुमका अलैँची किसानले पाँचदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छथर–६ सुदापका जीवन मगर बताउँछन् । 

    अहिले बजारमा अलैँची प्रतिमन २८ हजारदेखि ३२ हजार रुपैयाँ खरिद बिक्री हुँदै आएको व्यापारीले बताएका छन् । जिल्लाको ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक,  आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैँची खेती हुँदै आएको छ । 

    images

    सात सय २३ हेक्टर क्षेत्रफलमा अलैँचीको खेती गर्दै आएका किसानहरूको समस्या समाधनका निम्ति सरकारले गुणस्तरस्तरको मुल्य निर्धारण गरी बजार व्यवस्थापन गर्न सके मात्र किसानहरूलाई राहत मिल्ने किसान नारायण लिम्बूले बताए ।