बुधबार, भाद्र २४ गते २०८३
images

ज्ञानेन्द्र मल्लद्वारा सन्यासको घोषणा

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 302
    SHARES
  • ज्ञानेन्द्र मल्लद्वारा सन्यासको घोषणा

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय टोलिबाट सन्यासको घोषणा गरेका छन्।

    images

    शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेको बताएका हुन्।

    सन्यास घोषणा गर्दा उनी भावुक पनि बनेका थिए। उनले ३२ वर्षको उमेरमा सन्यास लिएका हुन्।

    images

    सन् २००६ मा नामिबियाविरुद्ध खेल्दै डेब्यु गरेका मल्लले नेपालका लागि ३७ ओडीआई खेल खेल्दै ८७६ रन बनाएका छन्। यसक्रममा उनले ७ अर्धशतक समेत बनाएका छन्।

    त्यस्ता टी-२० मा ३९ खेलमा ८८३ रन बनाएका छन्। टी-२० मा उनले २ अर्धशतक र एक शतक बनाएका छन्।

    पारस खड्काले नेपाली टोलिको कप्तानी गर्दा मल्ल उपकप्तान रहेका थिए। उनले सन् २०१९ मा नेपाली टोलिका कप्तानी सम्हालेका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट