बुधबार, भाद्र २४ गते २०८३
images

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

एक्सप्रेस पाना
श्रावण २३, २०८० मंगलबार
  • 337
    SHARES
  • नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न अन्तर्गत म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। 

    images

    अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।

    एन्फाका अनुसार खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा  खेलिनेछन्। यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेलिन लागिएको हो।

    images

    नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने छ।

    दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह एच मा रहेको युएई र बहराइन या यमन र श्रीलंकाबीचशो विजेतासँग खेल्नेछ। दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ को बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।

    प्रारम्भिक नेपाली टोली: 


    गोलकिपरः किरणकुमार लिम्बु, अनिश देउला, दीप कार्की, अभिषेक बराल

    डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

    मिडफिल्डरः एैरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिश रत्न छिन्जु, सन्तोष खत्री, कुशल फुयाल

    फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, गिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नेपाली राष्ट्रिय फुटबल टिम