सोमबार, भाद्र २९ गते २०८३
images

स्वास्थ्यमा आएको समस्याको कारण अभिनयको साइकल यात्रा एक साता पछि धकेलियो !

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 729
    SHARES
  • स्वास्थ्यमा आएको समस्याको कारण अभिनयको साइकल यात्रा एक साता पछि धकेलियो !

    असोज २ काठमाडौं । आगामी असोज ३ गते अर्थात् (भोली) संविधान दिवसको अवसर पारेर नेपालको ७७ जिल्लामा साइकलको माध्यमबाट भम्रण गर्न लागेका कालिन्चोक गाउँपालिका वडा नं. ३, दोलखाका अभिनय कार्कीले आफ्नो साइयात्रा एक साता पछि धकेलिएको बताएका छन् । 

    images

    साइकलको माध्यमबाट सय दिनको अवधीमा नेपालभर भ्रमण गर्न लागेका कार्कीले “फ्रस्ट्रेशन,डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौ” समृद्ध राष्ट्र निर्माणका लागि युवाहरु एकजुट बनौं” भन्ने मुल सन्देश प्रवाह गर्दै साइकल यात्राको सुरुवात गर्न लागेका हुन् ।

    पछिल्लो परिप्रेक्ष्यमा युवापुस्ताहरु लागू औषध फ्रस्ट्रेसन, डिप्रेसन र दुव्र्यसन लगायतका कुलतहरुको दलदलमा फसिरहेकोले आफु चिन्तित बन्दै उनिहरुलाई ती त्यस्ता कुलतबाट छुट्कारा मिलोस र समृद्ध देश निर्माणका लागि सक्रिय, जागृत बनेर अगाडि बढ्न प्रेरणा तथा उर्जा मिलोस भनेर समेत यात्राको सुरु गर्न लागेको उनले बताए ।

    images

    उनले भोलि अर्थात् असोज ३गते संविधान दिवसको अवसर पारेर आफ्नै जिल्लाकाे प्रसिद्ध धार्मिक स्थल कालिन्चोक भगवतीको मन्दिर परिसर बाट आफ्नो साइकल यात्रा सुरुवात गर्ने बताएका थिए । यात्राकै तयारीका क्रममा केही दिन अगाडी दोलखा पुगेका कार्कीको स्वास्थ्यमा आएको समस्याको कारण केही समय पछि धकेलिएको बताएका छन् ।