असोज २ सिन्धुपाल्चोक । नेपाली स्थानीय बजारमा कुखुराको मासुको मूल्य घट्न थालेपछि सिन्धुका किसान चिन्तित भएका छन् । उत्पादन बढ्दै जान थालेपछि कुखुराको मासुको मूल्य घट्न थालेको हो ।
दानाको मूल्य आकासिएको तर कुखुरा बिक्री हुन नसकेको कुखुरा पालक किसान बताउँछन् । दानाको मूल्य बढ्दा कुखुरा पालक किसान मारमा परेका हेलम्बु २ का किसान अमर गिरी बताउछन् । आफूले पालेको कुखुराबाट लगानी उठ्नै गार्हो भएको उनको भनाई छ । असार, साउनमा वर्षाका कारण आएको बाढी पहिरोका कारण घाटा भएको अहिले सडक सुचारु भएपछि भाउ घटेकोले किसान अफ्ठेरोमा परेको बताउँछन् ।
यसले ह्याचरी, फिड्स र कोल्ड स्टोर गाडीमा र कुखुरा पाल्ने किसान खाडी जाने स्थिति सिर्जना भएको मेलम्चीका व्यवसायी गङ्गाबहादुर दनुवारले बताए । असार, साउनमा वर्षाका कारण आएको बाढी पहिरोका कारण कुखुरा पाल्ने किसान घटेको समयमा कुखुराको मासुको मूल्य बढेको थियो । तर अहिले किसानले कुखुरा पाल्न थालेका छन् । कुखुराको उत्पादन बढ्न थालेपछि कुखुराको मासुको मूल्य पनि घटेको कुखुरा बिक्री व्यवसायी सङ्घले जनाएको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालिएको छ ।
कुखुराको भाउ घट्ने तर दानाको भाउ निरन्तर बढेकाले किसान यस पेसाबाट हात झिक्ने अवस्था रहेको बताउँछन् ।
.jpg)


