बुधबार, भाद्र २४ गते २०८३
images

फुटसल टोलीको मुख्य प्रशिक्षकमा बस्नेत र सहायक प्रशिक्षकमा भुसाल नियुक्त

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 333
    SHARES
  • फुटसल टोलीको मुख्य प्रशिक्षकमा बस्नेत र सहायक प्रशिक्षकमा भुसाल नियुक्त

    फुटसल टोलीको मुख्य प्रशिक्षकमा बस्नेत र सहायक प्रशिक्षकमा भुसाल नियुक्त 

    images

    काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।

    मंगोलियामा आयोजना हुने आगामी एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएकाहुन्।

    images

    यस्त सहायक प्रशिक्षकको जिम्मेवारी थम्मन भुसालले सम्हाल्ने छन् ।

    एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

    बस्नेत यसअघि किर्गिस्तानको बिश्केकमा २०२२ मा भएको एएफसी फुटसल एसियन कप छनोटमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।

    एएफसी फुटसल एसियन कप २०२४ छनोटको समूह ‘डी’ मा नेपाल, भियतनाम, दक्षिण कोरिया र मंगोलियासँगै समूहमा परेको छ।

    प्रतियोगिताका खेल यसै वर्षको अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल