बुधबार, भाद्र २४ गते २०८३
images

रोनाल्डोको अनुपस्थितमा अल नासर पराजित

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 287
    SHARES
  • रोनाल्डोको अनुपस्थितमा अल नासर पराजित

    काठमाडौँ । नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासर पराजित भएको छ।

    images

    सोमबार राति सम्पन्न साउदी प्रो लिग अन्तर्गत नयाँ सिजन २०२३/२४ को पहिलो खेलमा अल नासर अल इत्तिफाकसँग अल नासर २-१ गोल अन्तरले पराजित गरेको हो।

    अल इत्तिफाकले १-० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै खेल जितेको थियो । इत्तिफाकको जितमा रोबिन क्विसन र मोउसा डेम्बेलेले एक एक गोल गरेका थिए।

    images

    यसअघि खेलको चौथो मिनेटमा नै साडियो मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए। मानेको अल नासरका लागि यो पहिलो गोल थियो । यस खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डो, फोफाना सहितका प्रमुख खेलाडीको अनुपस्थित रहेको थियो।

    अब अल नासरले अर्को खेल अगस्त १८ मा अल तावोउनविरुद्ध खेल्दै छ।

  • सम्बन्धित विषय:

  • # फुटबल