आइतबार, कार्तिक १६ गते २०८३
images
images

संविधानले सबै नागरीकको हक र अधिकार सुनिश्चित गरेको छ ; प्रधानमन्त्री देउवा 

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 432
    SHARES
  • संविधानले सबै नागरीकको  हक र अधिकार सुनिश्चित गरेको छ  ; प्रधानमन्त्री देउवा 

    असोज ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् । 

    images

    सातौँ संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम देउवाले  मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै रहेको चर्चा गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ।’

    देउवाले मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका सबैलाई स्मरणसमेत गरेका छन्। 

    images

    नेपालमा ३ असोज २०७२ मा संविधान जारी भएको थियो ।