बुधबार, भाद्र २४ गते २०८३
images

अल नासरको लगातार दोस्रो हार

एक्सप्रेस पाना
भाद्र २, २०८० शनिबार
  • 438
    SHARES
  • अल नासरको लगातार दोस्रो हार

    काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो खेलमा हार बेहोरेको छ।

    images

    शुक्रबार राति भएको खेलमा अल नासर अल तावोउनसँग २-० गोल अन्तरले पराजित भएको हो। 

    अल तावोउनको जितमा लीन्द्रे तावाम्बा र अहमद बहुसायनले एक एक गोल गरेका थिए।

    images

    यस अघि अल नासर लिगको पहिलो खेलमा अल इत्तिफाकसँग पराजित भएको थियो। लिगको पहिलो खेलमा नखेलेका क्रिस्टियानो रोनाल्डो भने यस खेलमा पुरा समय खेलेका थिए।

    यो जितपछि अल तावोउनको २ खेलमा ४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । यता, पराजित अल नासरले भने २ खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन।

    अब अल नासरले अर्को खेल एएफसी च्याम्पियन्स लिगको प्लेअफ अन्तर्गत शबाब अल अहलीसँग अगस्त २२ मा खेल्ने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल