आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो गोलभेडाको भाउ, यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

एक्सप्रेस पाना
भाद्र १२, २०८० मंगलबार
  • 350
    SHARES
  • घट्यो गोलभेडाको भाउ, यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

    काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

    images

    जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५५, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी रू ६०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाजर १२०, मूला सेतो ९०,मूला रातो ७०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी १००, टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १३०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ।

    images

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १५०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १२०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७२, लसुन हरियो २००, रुख कटहर ५०, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ७०, शरीफा २५०, फूजी स्याउ ३२०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ।