आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेगा बैंककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 273
    SHARES
  • मेगा बैंककी डेपुटी सिइओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

    असोज ३ काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् ।

    images

    नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरिएको हो । डेपुटी सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत थिइन् ।

    यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छन् ।

    images

    करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरि सकेकी छिन् ।