काठमाडौ । ब्लु डाइमण्ड सोसाइटीले २० औं नेपाल गौरव यात्रा तथा गाइजात्रा उत्सव मनाएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिहरु भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गर्दै बिहीबार टुँडिखेलमा गौरव यात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् ।
आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाल्छना विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले बिगत २० बर्ष देखी यो उत्सव मनाउ थालेको हो।
उत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो।
तस्वीरहरु:-











