बुधबार, भाद्र २४ गते २०८३
images

एशिया कप : श्रीलंकाको विजयी शुरुवात

एक्सप्रेस पाना
भाद्र १५, २०८० शुक्रबार
  • 369
    SHARES
  • एशिया कप : श्रीलंकाको विजयी शुरुवात

    काठमाडौँ । आयोजक श्रीलंकाले एशिया कपमा विजयी शुरुवात गरेको छ।

    images

    समुह बि अन्तर्गको पहिलो खेलमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो।

    बंगलादेशले दिएको १६५ रनको लक्ष्य पछाएको श्रीलंकाले ३९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

    images

    श्रीलंकाको जितमा चरिथ असलंकाले अविजित ६२ रन बनाए भने सदीरा समराविक्रमाले ५४ रन बनाएका थिए।

    यसअघि बंगलादेशले पहिलो ब्याटिङ गर्दै ४२.४ ओभरमा १६४ रन बनाएर अल आउट भएको थियो।

    अब बंगालदेशले आइतबार अफगानिस्तानको सामना गर्दै छ भने श्रीलंकाले अर्को खेल सेप्टेम्बर ५ मा अफगानिस्तानको सामना गर्दै छ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३