बुधबार, भाद्र २४ गते २०८३
images

पाकिस्तानविरुद्ध भारत २६६ रनमा अलआउट

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 468
    SHARES
  • पाकिस्तानविरुद्ध भारत २६६ रनमा अलआउट

    काठमाडौँ । पाकिस्तानविरुद्ध भारत २६६ रनमा अलआउट भएको छ। 

    images

    एशिया कपको समुह ए अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको हो।

    भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक ८७ रन बनाएका थिए भने इशान किशनले ८२ रन बनाएका थिए। इशान र हार्दिकले पाँचौं विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए। 

    images

    त्यस्तै भारतका लागि रविन्द्र जडेजा र श्रेयस अय्यरले १४/१४ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ११, शुभमन गिलले १० तथा विराट कोहलीले ४ रन बनाएका थिए।

    त्यसैगरी श्रदुल ठाकुरले ३ रन बनाए भने कुलदीप यादवले ४ र जसप्रित बुमराहले १६ रन बनाएका थिए।

    त्यसैगरी पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीले सर्बाधिक ४ विकेट लिएका थिए। अफ्रिदीले कप्तान रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्डेय र रविन्द्र जडेजाको विकेट लिएका थिए।

    त्यस्तै हारिस राउफ र नसीम शाहले ३(३ विकेट लिएका थिए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट