बुधबार, भाद्र २४ गते २०८३
images

भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

एक्सप्रेस पाना
भाद्र १७, २०८० आइतबार
  • 365
    SHARES
  • भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

    आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटमा भुटानले नेपालसामु ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    images

    बांगीस्थित यूकेएम–वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो।

    भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन्। छिरिङ जाङ्‌मोले ६ तथा सोनाम छोदेनले ३ रन जोडे। 

    images

    नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ विकेट लिइन्।

    कप्तान रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान १/१ विकेट लिए। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट