हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि (बिहीबार) दिउँसो भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा बिहीबार मेघ गर्जन्/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावा-हुरीको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।


